आज तपाइको दिन,के आर्थिक कारोबारबाट फाइदा होला ? हेर्नुस आजको राशिफल

बुधबार, ३० जेठ २०८१, ०६ : १३

काठमाडाैं-  आज वि.सं।२०८१ साल जेठ महिनाको ३० गते बुधबार, ज्येष्ठ शुक्लपक्षको षष्ठी तिथि । आज कुमार षष्ठी तथा सिथिनखः रहेको छ । 

मेष
आर्थिक कारोबारबाट राम्रो  नाफा कमाउन सकिने छ ।  विश्वासिला मित्रहरुसँगको झगडा हुने छ । पेशागत जीवन जे जस्तो चलिरहेछ त्यस्तै रहने छ । आर्थिक पक्ष औसत खालको रहने छ । परिवारमा हासि मजाक र रसिलो वातावरण कायम हुने छ । 
वृष
आर्थिक रुपमा सवलता प्राप्ति हुने छ । सन्तानका कामबाट सन्तेष प्राप्त हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा क्षमतामा आउने ह्रासले भविष्यप्रति चिन्ता थपिदिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मिथुन 
शेयर क्षेत्र औसत रहने छ ।सपनामा देखिने नराम्रो सपनाले कार्यक्षमतामा सताउने छ । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । पैतृक सम्पत्तिका बारेमा झण्झट उत्पन्न हुने छ । प्रेममा सफलता मिल्ने छ । 

कर्कट
मिठो मिठो भोजन गर्ने अवसर मिल्ने छ । नयाँ कामको थालनी हुने छ । आँटेका कामहरुमा प्रगति मिल्ने छ ।  शेयर बजारबाट औसत फाइदा हुने छ ।

सिंह
परिवारमा किचलो हुने र त्यसले सामाजिक प्रतिष्ठामा पनि गिरावट गराउने छ । शेयर बजार औसत अवस्थामा रहने छ । प्राकृतिक प्रकोपका विषयमा सतर्क रहनु होला ।
कन्या
यात्रामा जाने योग छ । पेशागत जीवनमा प्राप्त जिम्मेबारीको सफलता हुने छ । आर्थिक सन्तुलन कायम हुने छ ।  तर मनमा उत्पन्न हुने दुविधाका कारण निर्णय प्रकृयामा भने अन्योलको सामना गर्नु पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

तुला
स्वास्थ्य र शरीरमा एलर्जी जस्ता समस्याले सताउने छ । बौद्धिक क्षेत्रमा लम्कन मन लाग्ने छ । भाग्यले साथ नदिएका कारण उदासिनता बढ्ने छ । अपमानित हुने अवस्था आउने भएकाले विचार गरेर मात्र कदम चाल्नु होला । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

वृश्चिक
पारीवारिक जीवनमा ठुलाबाट विश्वास मिल्ने छ । पेशागत जीवनमा योजनाबद्ध उन्नति नहुँदा मनमा अशान्ति आउने छ ।  बौद्धिक क्षेत्र कदर मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

धनु 
संलग्न नै नहुनु पर्ने क्षेत्रमा लाग्दा प्रतिफल हात पर्ने छैन् । पेशागत जीवनमा बादबिबाद आदीबाट गुज्रनु पर्ने छ ।  गैरकानूनी क्रियाकलापमा जानाजान वा अन्जानमा फस्ने चुनौति देखिन्छ । शेयर बजारबाट फाइदा हुने छैन् ।

मकर
कल्पनाशिलतामा बढोत्तरी हुने छ तर त्यसको व्यावहारिक प्रयोग सीमित बन्ने छ ।  जीवनसाथिको सल्लाहमा काम गर्दा जोखिम कम हुने छ । साथिहरुसँग द्वन्द हुनेछ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कुम्भ
चालेकका कदममा प्रगति हुने छ । । आर्थिक सन्तुलन कायम रहने छ । परिवारमा द्वन्द निम्तिने छ । शेयर क्षेत्र मध्यम रहने छ ।

मीन
प्रेममय स्वाभाव हुन्छ । पेशागत जीवनमा सन्तोष मिल्ने छ । आँटेका विषयमा सकारात्मक नतिजाका संकेतहरु आउने छन् । व्यक्तित्व दृढ खालको हुने छ । आर्थिक जीवनमा उन्नति हुने छ । परिवारमा प्रेम र मिलनको वातावरण छाउने छ ।  शेयर बजारबाट फाइदा मिल्ने छ ।

बुधबार, ३० जेठ २०८१, ०६ : १३

प्रतिक्रिया