सुनको मुल्यमा वृद्धि, प्रतितोला कति पुग्यो ?

बुधबार, ३० जेठ २०८१, ११ : ३१

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रहेको थियो । आज तोलामा ६ सयले वृद्धि भइ छापावाला सुनको मूल्य १ लाख ४१ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ४० हजार ९ सय रहेको छ ।महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य १ हजार ८ सय १५ रहेकोमा आज १ हजार ८ सय २० कायम भइ कारोबार भइरहेको छ ।
 


 

बुधबार, ३० जेठ २०८१, ११ : ३१

प्रतिक्रिया