काठमाडौँ-बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ। जिल्लाको देहीमाण्डौंमा प्रभु बैंकले आफ्नो सेवा विस्तार गरेको शाखा प्रबन्धक सुरेश बिष्टले जानकारी दिए।
बैंकले आजदेखि एटीमसहित सबै बैंकिङ कारोबार सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बिष्टले जानकारी दिए। (क) वर्गको वाणिज्य बैंकको रुपमा रहेको प्रभु बैंकले बैतडीमा ३ सय ३ औं शाखा विस्तार गरेको हो। बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरेर बैंकले आफ्नो सेवा विस्तार गरेको बैंकले जनाएको छ।
देहीमाण्डौंमा बैंक सञ्चालनमा आएपछि स्थानीय नागरिकहरुलाई बैंकिङ कारोबारका लागि सहज भएको स्थानीयहरु बताउँछन्।
प्रतिक्रिया