मेसीको गोलमा बार्सिलोना ला लिगा च्याम्पियन

५ बर्ष अगाडि

एजेन्सी – कप्तान लिओनेल मेसीले एकमात्र गोल गरेपछि क्याटलान क्लब बार्सिलोना ३ खेल अगावै स्पेनिस ला लिगा च्याम्पियन बनेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा लेभान्टेमाथि १–० को झिनो तथा महत्वपुर्ण जित निकाल्दै बार्सिलोना तीन खेल अगावै च्याम्पियन बन्न सफल भएको हो ।

तीन खेल अगावै च्याम्पियन बन्ने क्रममा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ९ अंकले पछि पार्यो । बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्दा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको समान खेलबाट ७४ अंक रहेको छ ।

बार्सिलोनाको यो उपाधि पछिल्लो ११ वर्षमा आठौं हो भने समग्रमा २६औं उपाधि हो । बाँकी तीनै खेलमा एट्लेटिको विजयी र बार्सिलोना पराजित भएको अवस्था आएपनि बार्सिलोना च्याम्पियन बन्ने पक्का थियो ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको झिनो जितमा वैकल्पिक खेलाडी कप्तान लियोनेल मेस्सीले गोल गरे । मेस्सी दोस्रो हाफको सुरुमै फिलिपे कौटिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए । 

उनले खेलको ६६औं मिनेटमा आर्टुरो भिडालको पासमा गोल गर्न सफल भएका थिए । खेलभर बार्सिलोनाले लेभान्टेलाई दवावमा राखेपनि गोल गर्न भने सफल भएन । ८९औं मिनेटमा लेभान्टेका इनिस बार्धीको प्रहार पोस्टमा लागेर फर्कदा बराबरीबाट चुक्यो ।

५ बर्ष अगाडि

प्रतिक्रिया