काठमाडौँ - नेपाल बैंक र रोल्पास्थित जलजला बहुमुखी क्याम्पसबीच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीलाई सेवाग्राहि कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख सुशीलकुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिमबहादुर खड्का क्षेत्रीले हस्ताक्षर गरेका हुन् । क्याम्पस प्रमुख क्षेत्रीले बैंकले प्रदान गर्दै आएको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरूबाट आफूहरू सन्तुष्ट र उत्साहित रहेको बताए । लुम्बीनी प्रदेश प्रमुख नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोबारहरू बैंकको डिजिटल बैंकिंङमार्फत सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसँग वित्तीय सहकार्य गर्न पाएकोमा खुसि व्यक्त गरे ।
प्रतिक्रिया