फोन कन्ट्रोल गर्ने जुत्ता सामसङले ल्यायो

शुक्रबार, ३२ जेठ २०८१, १७ : ३१

काठमाडौँ - दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले फोनसँग कनेक्ट गर्न सकिने जुत्ता लञ्च गरेको छ । यो जुत्ताको मद्दतले प्रयोगकर्ताले स्मार्टफोन कन्ट्रोल गर्न सक्नेछन् । यही हप्ता सामसङले शर्टकट लञ्च गरेको थियो । यो लिमिटेड एडिशनको जुत्ता हो ।

यो जुत्तालाई चिएल बेनेलक्स, एलिट्याक वेरेबल्स, ब्रुट आम्सर्टड्याम र जुत्ता डिजाइनर रोएल भ्यान होफसँगको सहकार्यमा लञ्च गरिएको थियो । जुतामा खास सेन्सर दिइएको छ । यसको मद्दतले फोनलाई कन्ट्रोल गर्न सकिनेछ । यसका लागि जुुत्तालाई सामसङको फोनसँग कनेक्ट गर्न जरुरी छ । मुन वाक गरेर फोन कल गर्न वा गित बजाउन सकिनेछ । पाँच फरक फरक मुभमेन्टको प्रयोग गरेर अरु पाँच वटा काम गर्न सकिनेछ । जुत्ताको एल्गोरिदम निकै स्मार्ट रहेको र मोशन रिकग्निशन निकै एकुरेट रहेको बताइएको छ । कम्पनीले अहिले यो जुत्ता विक्रीका लागि उपलब्ध गराएको छैन । कम्पनीले अहिलेसम्म ६ जोडी मात्रै यस्तो जुत्ता बनाएको छ ।

 

शुक्रबार, ३२ जेठ २०८१, १७ : ३१

प्रतिक्रिया