जेठमा पाथीभराबाट १६ लाख भेटी सङ्कलन

शनिबार, ०१ असार २०८१, १६ : ०३

काठमाडौँ - ताप्लेजुङको पाथीभरामा जेठ महिनामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटी १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । 

पाथीभरा क्षेत्र विकास समितिका अनुसार जेठ महिनामा रु १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ । सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ ।


 

शनिबार, ०१ असार २०८१, १६ : ०३

प्रतिक्रिया