एकैदिन एक हजार ६०० रुपैयाँले बढ्यो सुनको मुल्य

आइतबार, ०२ असार २०८१, ११ : ०७

काठमाडौं- साताको सुरू दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ ।

जस अनुसार शुक्रबार प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, शुक्रबार एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज आइतबार प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

संघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ८२० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार, ०२ असार २०८१, ११ : ०७

प्रतिक्रिया