विजय लघुवित्तले लाभांश नदिने

आइतबार, ०२ असार २०८१, १२ : ५२

काठमाडौँ - विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९\८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ । असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो ।

बैठकले आव ०७९\८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांस वितरण नगर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने र स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको जनाइएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । 

आइतबार, ०२ असार २०८१, १२ : ५२

प्रतिक्रिया