५० दिनका लागि मनकामना केबलकार बन्द

आइतबार, ०२ असार २०८१, १२ : ५८

काठमाडौँ - मनकामना केबलकार मर्मतसम्भारको लागि  करिब ५० दिनका लगि बन्द हुने भएको छ ।कम्पनीद्वारा जारी सूचना अनुसार केबलकार सेवा आउँदो असार ३१ गतेबाट करिब ५० दिनको लागी बन्द हुने भएको हो । 

केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति तथा मेन केबल तार लट्ठा फेर्न सेवा बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । स्तरोन्नतिका लागि केबलकार डिजाइनर अस्ट्रियाको डोप्पलमेयर ग्रुपमा प्राविधिक आउने पनि जनाइएको छ । अब मनकामना केबलकार पूर्ण डिजिटल प्रणालीबाट सञ्चालनमा आउने कम्पनीको भनाई छ । देशकै पहिलो मनकामना केबलकारले ३४ गन्डोलामार्फत नियमित सेवा प्रदान गर्दै आएको छ । शनिबार बिहान साढे ६ बजेदेखि तथा अन्य दिन बिहान साढे ७ बजेबाट साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुँदै आएको छ ।

 
 

आइतबार, ०२ असार २०८१, १२ : ५८

प्रतिक्रिया