रियल म्याड्रिडका प्रशिक्षक जिदानले माफी मागे

५ बर्ष अगाडि

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टोलीको खराब प्रदर्शनलाई लिएर समर्थकसँग माफी मागेका छन् ।

ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल अंक तालिकाको १९ औं स्थानमा रहेको रायो भालेकानोसँग १-० ले पराजित भएको थियो । अघिल्लो दिन चिर परिचित प्रतिद्वन्द्वी बार्सिलोनाले ला लिगा जितेको अवस्थामा आफ्नो टोलीले खराब प्रदर्शन गर्दा निकै नराम्रो लागेको उनले बताए । यस हारसँगै रियल बार्सिलोनाभन्दा १८ अंक पछाडी पुगेको छ र तेस्रो स्थानमा रहने पक्का भएको छ ।

‘आज हामीले केहि गर्न सकेनौं । पहिलो मिनेटदेखि अन्तिम मिनेटसम्म हामीले निकै खराब फुटबल खेल्यौं । कहिलेकहीं गोल नहुन सक्छ, तर आज हामीले गोलको लागि अवसर पनि सिर्जना गर्न सकेनौं,’ जिदानले निराश हुँदै भने, ‘ हामीले यस्तो प्रदर्शन गर्दा आफैमाथि रिस उठ्नु पर्छ । यो खेलाडी मात्र होइन मेरो पनि जिम्मेवारी हो । समर्थकहरुसँग हामी यस्तो प्रदर्शनका लागि माफी चाहन्छौं ।’

जिदानले आफुले चाहे यस पटक सिजनको अन्त्य अहिले नै गर्ने पनि बताए । ‘हामीले चाहे यो सिजन अहिले अन्त्य होस् भन्ने चाहन्छौं । तर लिगका अझैं तीन खेल बाँकी छ । हामीले यी तीन खेलमा आफ्नो राम्रो प्रदर्शन दिएर उचित नतिजा निकाल्नुपर्छ,’ उनले भने । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया