गुणस्तरहीन वाइवाइ अझै पनि बजारमा रहेको आशंका

सोमबार, ०३ असार २०८१, १२ : ४४

काठमाडौं – विनोद चौधरी एक धनाढ्य उद्योगपति मात्र होइनन् । उनी दल बदलु राजनीतिका सफल खेलाडि पनि हुन र यसकै आडमा उनले जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड समेत गरिरहेका छन् । वर्षौसम्म राजनीतिक सेटिङ्ग मिलाउँदै गुणस्तरहीन चाउचाउ बेच्दै आएको चौधरी ग्रुपको कुकृत्य काठमाडौ महानगरपालिकाले अनुगमन गरेपछि बाहिर आएको हो । गत बैशाख १२ गते गुणस्तरहीन वाइवाइ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन नै दियो । तर चौधरी ग्रुपले आफ्नो उत्पादन गुणस्तरयुक्त नै भएको भन्दै महानगरको निर्देशनलाई स्विकार गरेन । तर मेयर बालेन शाहको अगाडि उसको केही जोड चलेन । गुणस्तरहीन चाउचाउ फिर्ता गर्न अटेरी गरे बिक्री बितरणमा नै रोक लगाउने चेतावनी महानगरले दिएपछि बाध्य भएर आफै फिर्ता गर्यो । कम्पनि थप बदनाम हुने डरले चौधरी ग्रुपले गल्ती स्विकार गर्दै महानगरलाई सुटुक्क २ लाख रुपैयाँ जरिमाना तिर्यो । महानगरले अनुगमन ऐन २०२७ को दफा २९(घ) अनुसार  गुणस्तर परिक्षण गर्दा कसुर गरेको ठहर गरेको थियो । अहिले पनि उक्त गुणस्तरहीन वाइवाइ चाउचाउ बजारमा रहेको छैन भनेर चौधरी ग्रुपले विश्वास दिलाउन सकेको छैन । जहिले पनि राजनीतिक शक्तिको निकट रहेर जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने चौधरी ग्रुप र यसका उत्पादनहरुको अनुगमन गर्न नियामक निकाय चनाखो हुनुपर्ने सरोकारवालाहरु बताउँछन् । यसबारेमा थप बुझ्न खोज्दा चौधरी ग्रुपका अधिकारीहरु कोही पनि सम्पर्कमा आउन चाहेनन् ।  

सोमबार, ०३ असार २०८१, १२ : ४४

प्रतिक्रिया