आफ्नो उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाएका छौँ : यशोदा फुड्स

सोमबार, ०३ असार २०८१, १७ : ५९

काठमाडौँ - यशोदा फुड्सले विदेशी चाउचाउ पैठारीमा राज्यको अरबौ रुपैंया विदेशिएको अवस्थामा आफ्नै देशमा नेपाली किसान दाजुभाई दिदिबहिनीहरुबाट उत्पादित अकवरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ उतपादन गरिएको छ ।

विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठुलो धनराशी विदेश जानबाट रोक्नुका साथै करीव १ हजार नेपालीलाई प्रत्क्षय रुपमा तथा सयौं डिलर बिक्रेता मार्फत अन्य हजारौं नेपालीहरुलाई रोजगारी दिलाउन सफल यशोदा फुड्स प्रा. लि. का उत्पादनहरु स्वदेश तथा भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरुमा समेत निर्यात हुने गर्दछ । 

उपभोक्ताको रोजाईमा परेको र विदेशमा समेत ख्याती कमाउँदै हरेक नेपालीहरुको जिब्रोमा बस्न सफल यशोदा फुड्सका उत्पादनहरु प्रयोगशाला परिक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाई रहेको छ ।  साथै ६० करोड नेपाली रुपैया भन्दा बढीका उत्पादन चालु वर्षमा विभिन्न देशमा निर्यात गरी सो बराबरको विदेशी मुद्रा आर्जन गर्न उद्योग सफल भएको छ ।

यशोदा फुड्सले  आफ्नो उत्पादनको गुणस्तर (क्वालीटी) मा विशेष सजगता अपनाएको उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडी बढ्न चाहेको छ । उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुदै नभएको विषयलाई अतिरन्जीत तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरु प्रति उद्योग सजग रहेको छ । हालैका दिनमा केही व्यक्तिहरुले सामाजिक सञ्जालको दूरुपयोग गरी कपोलकल्पीत समाचार बनाएको पाइएको प्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ ।

सोमबार, ०३ असार २०८१, १७ : ५९

प्रतिक्रिया