अन्तिम आईपीएल खेल खेल्दै वार्नर

५ बर्ष अगाडि

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज सनराइजर्स हैदरावाद र किंग्स इलाभेन पन्जावबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुका ८:१५ देखी हैदरावादको घरेलु मैदान राजिभ गान्धी इनटरनेशल क्रिकेट स्टेडियममा सुरु हुने छ ।

वार्नरको अन्तिम खेल 

हैदरावादका ओपनर डेविड वार्नर यस सिजनको आईपीएलमा अन्तिम खेल खेल्दैछन् । वार्नर आजको खेलपछि अष्ट्रेलिया फर्किनेछन् । अष्ट्रेलिया क्रिकेटले आफ्ना सबै खेलाडीलाई अप्रिल अन्तिम सम्म आगमी महिना हुने एक दिवसिय विश्वकपका लागि प्रशिक्षणको लागि टोलीमा बोलाएको छ । अर्का ओपनर जोनी बेयरस्टो इंग्ल्यान्ड फर्किसकेका छन् । बेयरस्टोको स्थानमा हैदरावादले न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिललाई मौका दिन सक्छ ।

वार्नर जारी आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ११ खेलमा १ शतक र ७ अर्ध शतक प्रहार गर्दै ६ सय ११ रन बनाइसकेका छन् । राशिद खान, मनिष पान्डे, विजय शंकर हैदरावादका प्रमुख खेलाडी हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया