सुनको मूल्य स्थिर, चाँदीको कति ?

मंगलबार, ०४ असार २०८१, ११ : ०३

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यसैबीच चाँदीको मूल्य भने मंगलबार सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार भने रु १५ बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

मंगलबार, ०४ असार २०८१, ११ : ०३

प्रतिक्रिया