नीतिगत भ्रष्टाचारको पराकाष्ठा, काठमा समेत बढ्यो परनिर्भरता

मंगलबार, ०४ असार २०८१, १३ : २२

काठमाडौं – कुनै बेला ‘हरियो वन, नेपालको धन ’ भन्ने गरिए पनि केही वर्ष यता काठमा परनिर्भरता ह्वात्तै बढेको छ । सरकारले काठ आयातलाई न्यून गर्दै काठमा आत्मनिर्भर बन्ने घोषणा गरेको भए पनि हरेक वर्ष काठको आयात दोब्बरभन्दा बढी हुने गरेको छ । 


 नेपाल सरकारले नेपाली काठ निर्यातमा लगाएको कर कम गर्नु नै यसको प्रमुख कारण मानिएको छ । पहिला निकासी कर २ सय प्रतिशत थियो अहिले ५० प्रतिशतमा झारेको छ । जसले गर्दा नेपाली काठ भारततर्फ निकासी हुने र नेपालमा मलेसियन काठ ल्याउनलाई सहज बनाइएको छ । अर्थमन्त्री वर्षमान पुनले नीतिगत भ्रष्टाचार गर्दै निकासी कर घटाएपछि आयात कर झन बढ्ने अवस्था बनेको हो समाचार स्रोतको भनाइ छ । 

वन तथा भुसंरक्षण विभाग तथा वन व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा विभिन्न देशबाट ७ लाख ८ हजार २ सय ९३ क्युफिट काठ आयात गरिएको छ । चालु आव २०७९÷८० को वैशाख महिनासम्म १४ लाख ६ हजार १ सय ७७ क्युफिट काठ आयात गरिएको छ ।

 नेपालले एक वर्षमै गरेको काठ आयात दोब्बरभन्दा बढी देखिन्छ । अब झन् आयात बढ्ने विभागले जनाएको छ । सरकारले काठ आयातलाई न्यूनिकरण गर्दै काठमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ । यस्तो घोषणा गरिए पनि हरेक वर्ष काठको आयात दोब्बरभन्दा बढी हुने गरेको छ ।

काठ आयात गर्दा अन्तर्राष्ट्रिय बजार मूल्यमा एक क्युफिट बराबर करिब ४ हजार रूपैयाँ खर्च हुने गर्छ । नेपालमा एक क्युफिट काठको बजार मूल्य ४ हजार ७ सयदेखि ४ हजार ८ सयसम्म पर्ने गरेको छ । यसबाट काठ आयातमा मात्रै चालु आवको वैशाख महिनासम्म झण्डै ६ अर्ब खर्च भएको देखिन्छ । विभागका अनुसार आव २०७४÷७५ मा नेपालले करिब २ अर्ब रूपैयाँ बराबरको काठ आयात गरेको थियो ।


 

मंगलबार, ०४ असार २०८१, १३ : २२

प्रतिक्रिया