बिवाईडीको साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागको छापा

बुधबार, ०५ असार २०८१, १५ : ३६

काठमाडौँ – अर्बौ राजस्व छलि गरेको आशंकामा बिवाईडी विद्युतीय गाडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । अर्बौ रकम भन्सार छलेर गाडि आयात गरेको सूचनापछि विभागले असार ४ गते मंगलबार कम्पनीमा छापा हानेको थियो ।

मंगलबार साइमेक्स इंकमा छापा हानेको विभागका महानिर्देशक चक्र बहादुर बुढाले पृष्टि गरेका छन् । सो क्रममा  महत्वपूर्ण कागजात जफत गरेको पनि बताइएको छ । 

उक्त कम्पनिमाथि भन्सार विभागले पनि अनुसन्धान गरिरहेको छ । विद्युतीय गाडीले किलोवाट घटाएर भन्सार छलेको भन्दै विभागले समेत गोप्य अनुसन्धान अघि बढाएको स्रोतले बताएको छ ।
 

बुधबार, ०५ असार २०८१, १५ : ३६

प्रतिक्रिया