काठमाडौँ- पञ्चकन्या स्टिलले गर्वका ५०० एक्स डी र ५५० एक्स डी रिबार (फलामे छड) हरूले प्रतिष्ठित ग्रिन प्रो प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै कम्पनीले उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।
कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री सिआइआई-सोराभजी गोदरेज ग्रिन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रिन प्रो प्रमाणपत्र वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिने गरिएको कम्पनीले बताएको छ।प्रमाणपत्र पाएपछि पञ्चकन्या स्टिलले उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीको दाबी छ।
प्रतिक्रिया