वानप्लसको नोर्ड सीई४ लाइटको लन्च मिति तय

विहीबार, ०६ असार २०८१, १२ : ४२

काठमाडौं- वानप्लसले भारतमा आफ्नो नोर्ड सीई४ लाइटको लागि लन्च मिति पुष्टि गरेको छ। 

वानप्लसको यस मिडरेन्जरलाई सोमबार, जुन २४ मा भारतीय समय अनुसार साँझ ७ बजे घोषणा गरे लगत्तै अमेजन इन्डिया मार्फत प्रि–अर्डरहरू सुरु हुने जनाएको छ। नोर्ड सीई४ लाइट स्न्यापड्रागन ६९५ को सट्टा स्न्यापड्रागन ७ जेन ३ चिपसेटको साथ ओप्पो के१२ को रिब्रान्ड भएको अनुमान गरिएको छ।

साथै बाँकी स्पेस शीट भने ६.७ इन्च ओएलईडी डिस्प्ले (एफएचडीं १२०हर्ज), सोनी एलवाईटी–६०० सेन्सर प्रयोग गर्ने ओआईएसको साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा र ८०डब्ल्यू वायर्ड चार्जिङको साथ ५,५०० एमएएच ब्याट्रीसँग समान हुनुपर्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

विहीबार, ०६ असार २०८१, १२ : ४२

प्रतिक्रिया