२४ खर्ब ९ अर्ब पुग्यो सार्वजनिक ऋण

विहीबार, ०६ असार २०८१, १६ : ०६

काठमाडौँ - नेपालको सार्वजनिक ऋण २४ खर्ब ९ अर्ब पुगेको छ। २०८० साउनदेखि २०८१ जेठसम्म १ खर्ब १० अर्ब रूपैयाँ ऋण थपिएर २४ खर्ब ९ अर्ब पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

सरकारले यो वर्ष ४ खर्ब ५२ अर्ब ऋण उठाउने लक्ष्य राखेको थियो। जेठसम्म ३ खर्ब ७ अर्ब उठाएको छ। साथै, यसै समयमा सरकारको २ खर्ब ७१ अर्ब सावा भुक्तानी भएको छ। हालसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब पुगेको छ।

विहीबार, ०६ असार २०८१, १६ : ०६

प्रतिक्रिया