काउलीको मुल्य प्रतिकेजी १० रुपैयाँ र ब्रोकाउली १४ रुपैयाँले घट्यो

शुक्रबार, ०७ असार २०८१, ०९ : २२

काठमाडौँ- आज (शुक्रबार) काठमाडौँमा काउली प्रतिकेजी १० रुपैयाँ र ब्रोकाउली १४ रुपैयाँले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार यसअघि प्रतिकेजी ११० रुपैयाँ रहेको ब्रोकाउलीको भाउ घटेर आज ९६ रुपैयाँमा झरेको छ भने स्थानीय काउली ४५ रुपैयाँ रहेकोमा हाल ३५ रुपैयाँ कायम भएको छ । 

यसैगरी, ज्यापु काउली प्रतिकेजी ५५ रुपैयाँ रहेकोमा आज घटेर ४६ रुपैयाँ ६७ पैसा कायम भएको छ भने ९० रुपैयाँ पर्ने भटमासकोशालाई आज ९५ रुपैयाँ पर्नेछ । यता, च्याउको भाउ भने आज बढेको छ । यसअघि प्रतिकेजी १५३ रुपैयाँ ३३ पैसा पर्ने कन्य च्याउलाई आज १८० रुपैयाँ, २९० रुपैयाँ पर्ने डल्ले च्याउलाई आज ३०० रुपैयाँ पर्नेछ । 

शुक्रबार, ०७ असार २०८१, ०९ : २२

प्रतिक्रिया