काठमाडौं- बिहीबार सेयर बजारको परिसूचक नेप्से १० अंक घट्दा पनि फाइनान्स समूह भने ४२ अंक बढ्यो । धेरै मूल्य बढ्नेमा पनि फाइनान्स कम्पनी अगाडि रहे । केही दिनयता फाइनान्स समूहको सूचकले यसैगरी नेप्सेलाई बेवास्ता गरी बढिरहेको छ ।
हाल फाइनान्स सूचक १६ महिनायताकै उच्चतम विन्दुमा पुगेको छ । यो सूचक हाल २३४० अंकमा पुगेको छ, जुन अंक १० फागुन २०७९ यताकै उच्च हो ।
पछिल्लो ७ महिनामा फाइनान्स सूचकको वृद्धिदर आक्रामक देखिएको छ । मंसिर ५ गते फाइनान्स समूहको सूचक १५८५ अंकमा थियो । त्यसयता ४७.६ प्रतिशतले यो सूचक बढिसकेको छ । हाल बजार घट्दा पनि यो सूचकको वृद्धिमा निरन्तरता देखिनुले कारोबारी यस क्षेत्रमा सक्रिय रहेको देखिन्छ । यसअघि माइक्रोफाइनान्स क्षेत्रमा पनि यहीं प्रवृत्ति देखिएको थियो ।
प्रतिक्रिया