सुनको मुल्यमा सामान्य वृद्धि

सोमबार, १० असार २०८१, ११ : २४

काठमाडौँ- नेपाल सुनचाँदी व्ययवसायी महासंघले आज सुनको मूल्यमा सामान्य वृद्धि भएको जानकारी दिएको छ । आज सोमबार सुनको मूल्यमा प्रतितोला ३०० रुपैयाँको वृद्धि आएको महासंघले जनाएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३०० रुपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य १८ सय १५ रुपैयाँ थियो ।
 
 

सोमबार, १० असार २०८१, ११ : २४

प्रतिक्रिया