सिटिजन्स बैंक र शितल चौतारी  इन्स्टिच्युटबीच सम्झौता

मंगलबार, ११ असार २०८१, १८ : १९

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित शितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रोबीच सम्झौता भएको छ ।

सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिनेगरी मंगलबार दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले शितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रोमा १४ प्रतिशत सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

मंगलबार, ११ असार २०८१, १८ : १९

प्रतिक्रिया