काठमाडाै - सन १९६६ मा विश्वभर नै भोकमरी फैलियो । धान भोकमरीबाट बच्नको लागि सवै भन्दा महत्वपुर्ण बाली हुने संयुक्त राष्ट्रसंघले ठहर ग¥यो र धानलाई बिश्वभर नै उत्पादन बढाउने अभियान चाल्न वर्ष वालीको रुपमा लियो । भोकमरीबाट मुक्तिको नारा सहित उक्त वर्ष मुख्य वालीको रुपमा धान उत्पादनलाई जोड दिइयो । जसको फलस्वरुप धान संसारको लागि मुख्य खानाको रुपमा स्थापीत भयो । तत् पश्चात बिश्वभर धान खेतीले प्रशय पायो । त्यसैले बिश्वतहमा खुशियाली स्वरुप धानको सकारात्मक प्रचार प्रसारका लागि पर्बको रुपमा लिई दिबश तथा महोत्सब मनाउन थालियो ।
नेपालको सन्दर्भमा मनाङ र मुस्ताङ बाहेकका जिल्लाहरुमा धान खेती गरिंदै आएको छ । समुद्रसतह भन्दा ६० मिटर झापा जिल्लाको कचनाकेवल देखि ३ हजार ५० मीटर जुम्ला जिल्लाको हुमचौरसम्म धानको खेती हुन्छ । नेपालमा कुल खेती योग्य जमिन मध्ये १४ लाख ७३ हजार हेक्टर ( ४७ प्रतिशत ) क्षेत्रफलमा धान खेती गरिदै आएको छ । बिश्वमा झैं नेपालमा पनि धान प्रमुख बालीको रुपमा स्थापित छ ।
सरकारले २ दशक अगाडी २०६१ देखि नियमित रुपमा असार १५ गतेलाई धान दिवश तथा रोपाई महोत्सवको रुपमा मनाउदै आएको छ । धान दिबश मनाउन थालेसंगै धान र यसको मुख्य परिकार भातका बारेमा चासो बढेको छ । हाल नेपालमा कृषि तथा पशुपंक्षि बिकास मन्त्रालय र मातमहतका निकायहरु, राजनीतिक पार्टीका किसान भातृ संघ,संगठनहरु र अन्य स्वतन्त्र तथा खेतिपातीमा संलग्न संघ संस्था र संगठनहरु एबं स्थानीय सरकार समेत धान दिबश मनाउन तल्लिन छन । नेपाल सरकार कृषि तथा पशुपंक्षि बिकास मन्त्रालयले यस बर्ष “जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि“ भन्ने नाराका साथ २१औं राष्ट्रिय धान दिवश तथा महोत्सब भब्य तयारीका साथ चितवनमा मनाउने भएको छ । हामी दिबश मनाउँदै छौ । आकाशको पानीको भरमा धान रोप्नु पर्ने बाध्यता झेलि रहेका किसानहरुले चाहेर पनि रोपाई गर्न सकेका छैनन् । यही समय १९ औं धान दिवश मनाई रहँदा देश भरमा ३५ प्रतिशत रोपाई सकिएको थियो । गत बर्ष २०औं धान दिबश मनाई रहँदा १३÷१४ प्रतिशत रोपाई सकिएको थियो यो बर्ष हामी तामधाम त गर्दै छौ तर मनसुनमा आधारीत बर्षामा नै धान खेतीमा निर्भर किसानहरु लामो खडेरी र बर्षा शुरु नभएका कारण धान रोपाई गर्न सकिरहेका छैनन् । देश भरि ५ प्रतिशत पनि रोपाई हुन सकेको छैन । यस्तो अबस्थामा हाम्रो तामधामले के अर्थ राख्ला ।
असार पन्ध्र खाने दहि र चिउरा, साउन पन्ध्र खाउँला खिर । घरमा छैन मिठो बोलि बचन, यो मन मेरो छैन थिर ।।
असार पन्ध्र धान दिबश एबं महोत्सब मनाउने दिन मात्र होइन । यो संस्कृतीसंग जोडिएको बिषय हो । यस दिन दुधबाट बनेको कर्दले काट्ने दहि र चिउरा एबं धान तथा धानबाट बनेका परिकार बनाएर खाने चलन रहेको छ । धानबाट बनेका परिकार खाने र असारे गित तथा बेठी बाजा बजाएर हिलोमा नाच्दै हिलो खेल्नु हाम्रो संस्कृतिक परम्परा हो र त्यसको संरक्षण गर्नु किसान समुदायको कर्तब्य हो । आदीमकाल देखि नै किसान र प्रकृति बीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । लामो समय देखि खडेरीको सामना खेपीरहेका किसानहरु जब बर्षा शुरु हुन्छ तब हर्षले गदगद भइ खेतमा मानो रोपि मुरी उब्जाउन धान रोप्ने कार्यमा ब्यस्त हुन्छन् । किसानी काममा अधिक शारिरीक श्रम गर्नु पर्छ । पसिना बग्छ । हातमा ठेला उठ्छ । औजार चलाउँदा हात खुट्टामा घाउ चोट लाग्छ । पानीप्यास वा तिर्खा लाग्छ । थकान मेटाइ शरिरमा फुर्ति कायम राख्न, शरिरमा पुनर्जागरण ल्याउन किसानहरुले रामदली, गोडेलो,बेठी गित र असारे आदी श्रम गित रची मिठो भाकामा गाउने गर्दै उत्साह र उमंङ्घ थप्दै असारे झरीमा रुझ्दै संस्कृतीको जगेर्ना एबं कर्मको निरन्तरता दिइरहेका छन ।
कुनै पनि दिवश मनाउने भनेको रमाईलोको लागि होइन । रमाईलोको लागि एक दिन हिलोमा खेलेर गर्ने मजाकले बर्षै भरि पसिना बगाएर माटोमा रमाउने, बर्षे झरीमा रुझेर खेती बाली लगाउने, आफ्नो जीवनको सम्पूर्ण समय कृषि कर्ममा नै सुम्पींदै आएका दुख सुख भाग्यको खेल सम्झने बास्तबिक किसानहरुको अपमान हुन सक्छ । धान दिवश तथा महोत्सबलाई एक दिन हिलो खेल्ले र बर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने मजाकका रुपमा लिनु हुँदैन । कृषि कर्म एकदिन गरेर सामाजिक सञ्जालमा फोटो देखाएर लाइक र कमेन्ट गर्ने पेशा होइन । भनिन्छ धावन्ते खेती । धान रोपे देखि भित्र्याउने दिनसम्मको कर्मको रुपमा लिनु पर्छ ।
स्थानिय स्रोत साधनमा आधारीत खेतीपाती पद्धति जीवित रहँदा नेपालले वि.स २०३१ सालमा धान, चामल निर्यात गर्न ८ वटा कम्पनी स्थापना गरी धान चामल निर्यात गर्ने गरिएको थियो । उक्त समयमा ५५ हजार मेट्रीक टन चामल नेपालबाट भारत बंगलादेश लगायतका देशहरुमा निर्यात हुने गर्दथ्यो । ७ वर्षसम्म निरन्तर रुपमा धान चामल निर्यात भयो । आठौं वर्षमा पुग्दा नाटकीय रुपमा नेपालमा नै चामल आयात हुन थाल्यो र दशौ वर्षसम्म पुग्दा ति आठ वटै कम्पनी बन्द हुन पुगे ।
जनसंख्या बृद्धि भयो, उपभोग बढ्यो, परम्परागत कृषि प्रणालीमा खेतीपाती भएका कारण उत्पादन घट्यो र निर्यात गर्न सकिएन भन्ने आधार बनाइयो । अवस्थाको सहि विश्लेषण गर्न सकिन, नीति नियम किसान मैत्री बनाउन र कार्यान्वयन गर्न ध्यान दिइएन, धर्तीपुत्र किसानको सम्मान गर्न जानीएन फलस्वरुप किसानहरु निरास भए । किसान निरास हुनु भनेको देशको कृषि क्षेत्र निरास हुनु हो । जसले आफ्नो कर्मलाई इमान्दारीका साथ बहन गर्छ, धर्म पुरा गर्छ । उस प्रति सम्बन्धित निकायहरुको दृष्टिकोण सकारात्मक नहुनु र किसानको अस्तित्व स्विकार गर्न नसक्नु जस्ता कारण देशको उत्पादन ओरालो गति तिर झरेको हाम्रो अगाडी छर्लङ्घ छ ।
हामीले २० बर्षको धान दिवश तथा रोपाई महोत्सवलाई भब्यताका साथ सम्पन्न गरि सकेका छौ । समय सान्दर्भिक नारा घन्काउँदै दिवश मनाई रहँदा हामीले लिएको नारा सार्थक भयो की भएन कहिल्यै खोजेनौ । नारा नै सार्थक बनाउन सकेनौ भने त्यसको के अर्थ । बिगतका नारालाई फर्केर हेर्ने हो भने नारा एकातिर धान उत्पादनको अबस्था अर्कोतिर फरक फरक दिशा तर्फ गएको पाईन्छ । हामीले कृषि भूमीको संरक्षणको नारा लियौं धान फल्ने खेत खण्डीकरण भई कङक्रिड संरचना तथा घरहरु फलेका छन् । हामीले धान उत्पादनमा बृद्घि गर्ने नारा लियौं धान चामल निर्यातक कार्यालय समेत राखेर धान चामल निर्यात गर्ने कृषि प्रधान देशका जनता हामी अर्बौ, अर्बको चामल किनेर खान बाध्य छौ ं। हामीले दुईबाली धान खेतीको बिस्तारको नारा लगायौ खेती योग्य जमिनमा बर्षायाममा समेत समयमा बाली लगाउने वाताबरण बनाउन सकेनौ । पानीको श्रोत प्रसस्त भएर पनि सदुपयोग गर्न सकेनौं । किसानहरुलाई आकासे पानीको भरमा खेती लगाउन बाध्य बनायौ । यसले कृषि नाराले चल्दैन भन्ने शिक्षा दिएको छ । ७० प्रतिशत भन्दा बढि पारिवारीक खेतीमा संलग्न साना किसान र तीनको योगदानको मूलप्रवाहिकरण गर्न आवश्यक रहेको यथार्थतालाई स्वीकार गरिएन । नेपालको भौगालीक क्षमता, विशेषता, स्थानीय तह र किसानमा आश्रीत समुदायको आश्यकता नहेरी ब्यवसायिक कृषिको नाममा रासायनिक मलको राजननीतिको चक्कर दोहोरी रहेको छ । सरकारले आ.ब.२०८१÷०८२ को बजेट प्रस्तुत गरेको छ । कुल कृषि बजेटको आधा भन्दा बढी बजेट रसायनिक मलका लागि छुट्याएको छ । गत बर्ष ३० अर्ब रकम रसायनिक मलमा खर्च गरेता पनि धान रोपाई गर्ने समयमा किसानहरुले मल पाउन सकेका छैनन् । कतिपय स्थानहरुमा सहकारीहरुबाट किसानलाई बाँड्न लगिएका सिमीत कोटाको मल ५÷१० किलो भाग लगाएर वितरण गरिरहेका छन ।
धान फल्ने खेतका फाँटमा सिमेन्टमा ठूला ठूला घर संरचनाहरु बने । मोटर बाटाहरु बने । हाइडोपावर निर्माण लगायत बिभिन्न कम्पनीको नाममा अधिग्रहण गरियो, पहिरो र नदी कटानमा परे जसका कारण धान उत्पादनको क्षेत्र घटेर जमिन साँघुरीएर गइरहेको छ । बन्यजन्तुको प्रकोपका कारण खेतीपाती जोगाउन नसकी हार खाएर किसानहरु जमीन बाँझो राख्न बाध्य छन । गाउँ ठाउँमा बसी कृषि कर्म गर्दै आएका देशका युवा जनशक्ति कृषिबाट निर्बाह नहुने देखेर गाउँबाट शहर र शहरबाट बिदेश तिर जानेक्रम बढेर गएकोछ । नागरिक समाजको दबाबमा सरकारले भूउपयोग नीति र नियमावली पास गरेको छ । अब त केही हुन्छ की भनेर आशा गरेता पनि प्रभाबकारी रुपमा कार्यान्वयन हुन नसदा पलायको आशा पनि निराशामा परिणत भएको छ । हरेक बर्षमा हजारौ हेक्टर जमिन बाढी पहिरोले नोक्सान गर्दछ । संरक्षण छैन यस कारण धान फल्ने जमिन साँगुरिएर गई उत्पादन हट्दो छ ।
खेती योग्य जमिन मध्ये १८,२० प्रतिशत जमीनमा मात्र सिंचाईको ब्यबस्था भएको छ । जलश्रोतमा धनी राष्ट्र भएर पनि खेतीयोग्य जमिनको ५ मिटर तलबाट पानी बगि रहँदा त्यसलाई उपयोगमा ल्याउन सकिएको छैन । डोजरे बिकासका कारण परम्परागत रुपमा किसानको श्रमदानबाट निर्मीत सिंचाई कुलाहरु नोक्सान भई सञ्चालनमा आउन सकेका छैनन । जमिनमा पानीको सतह घट्दै गएको छ । जसको असर सुख्खा बढ्दैछ । हाम्रा अधिकांश जमिनहरु सुख्खा छन । सिंचाईको ब्यबस्था छैन । कहिले आकासबाट पानी खस्ला र रोपाई गरौला भनेर किसानहरु आकासतिर मुन्टो तेस्र्याउन विवश छन । जलबायु परिबर्तनका कारण समयमा पानी नपर्दा किसानहरुले बाली लगाउने समयमा बाली लगाउन सकेका छैनन ।
जलबायु परिबर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनिकरण गर्न जलबायु अनुकुलित प्रबिधिहरुको अनुसन्धान र बिकास एबं उपलब्ध प्रबिधिहरुको प्रचार प्रसार गरि त्यसको सही रुपमा अबलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरु सचेत र जागरुक बनाई धान उत्पादन एबं उत्पादकत्व बढाउनु पर्ने यस बर्षको नाराले शन्देश दिन खोजेको छ । असार महिना धर्तीपुत्र किसानको लागि महत्वपुर्ण समय हो । आदीमकाल देखि नै किसान र प्रकृतिको बीच घनिष्ठ सम्बन्ध रहि आएको छ । यतिखेर बर्सिएको बर्षा किसान र फसलका निम्ति अमृत समान हुन्छ । यो समयमा किसानको मानो रोपेर मुरी फलाउने समय हो । देशको मुख्य बाली धान रोप्ने समय भएकोले जब असार शुरु हुन्छ तब किसानहरु आकास हेर्न ब्यस्त हुन्छन । पानी कहिले पर्ला र धान रोपाई गर्ने भन्ने चिन्ताले किसानहरुलाई सताउने गर्दछ । यस्तो अबस्था कहिलेसम्म आउला, यथार्थ र बास्तबिकतामा रहेर अध्ययन अनुसन्धान गरि नेपाली कृषिलाई सहि लयमा हिडाउन सकिएला यो चासोको बिषय हो ।
लेखकः किसान अभियन्ता हुन ।
प्रतिक्रिया