भरतपुर महानगरद्वारा चितवनका सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

बुधबार, १८ असार २०८२, १५ : ५६

काठमाडौं- विपद्को पूर्व तयारीका लागि भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन सामाग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय चितवन र र ट्राफिक कार्यालय चितवनलाई हस्तान्तरण गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनलाई गम बुट १ सय जोर, हेलमेट १ सय थान, टुचन १ थान, लाइफ ज्याकेट १० थान, स्ट्रेचर १ थान, उड कटर १ थान र रोड डिभाइडर २ थान वितरण गरिएको जिन्सी शाखा प्रमुख झलक कुमार श्रेष्ठले जानकारी दिए । यस्तै ट्राफिक कार्यालय चितवनलाई गम बुट ५० जोर, हेलमेट ५० थान, टुचन १ थान, लाइफ ज्याकेट १० थान, स्ट्रेचर १ थान, उड कटर १ थान र रोड डिभाइडर २ थान हस्तान्तरण गरिएको श्रेष्ठले बताए।

सम्बन्धित निकायहरूले विपद् व्यवस्थापनका सामग्री अत्यन्त जरुरी भएको भनी माग गरेपछि महानगरपालिको निर्णयपछि विपद् सामग्री वितरण गरिएको प्रमुख दाहालले जानकारी दिइन् ।

हस्तान्तरण गरिएका सामाग्री खोज तथा उद्धारका छन् । ७ लाख बराबरको सामग्री महानगरपालिकाले हस्तान्तरण गरेको बताइएको छ । यी सामग्रीको हस्तान्तरणले समुदाय स्तरबाट पनि विपद् व्यवस्थापनमा सहयोग पुग्ने महानगरको अपेक्षा छ ।

 
 
बुधबार, १८ असार २०८२, १५ : ५६

प्रतिक्रिया