कुमारी बैंकको ३ हजार २११ कित्ता संस्थापक सेयर  बिक्रीमा

आइतबार, १६ असार २०८१, १३ : ३२

काठमाडौँ - कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । 

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछी  उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो सेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्रीमा राखिएको सेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
 

आइतबार, १६ असार २०८१, १३ : ३२

प्रतिक्रिया