काठमाडौँ - काठमाडौँको चन्द्रागिरि नगरपालिकाले नगरभित्र जन्मिएका बालबालिकाका लागि पाँच हजार रुपैयाँको मुद्दती खाता खोलिदिने भएको छ ।
गएको वर्ष साउन १ गतेपछि जन्मिएका नगर क्षेत्रमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाका लागि चन्द्रागिरि नगरपालिकाले थानकोटमा शाखा रहेको एनआईसी एशिया बैंकमा खाता खोली एकमुष्ट जम्मा गरिदिने भएको हो ।
चन्द्रागिरि नगरपालिका निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा अनुदान सञ्चालन कार्यविधि २०७८ अनुसार बालबालिका १८ वर्ष पूरा भएपछि आर्थिक सामाजिक सुरक्षाका लागि यो कार्यक्रम लागू गर्न लागिएको मेयर घनश्याम गिरीले जानकारी दिए । २०८० साउन १ गतेयता चन्द्रागिरि नगरपालिकामा ८० जना बालबालिकाको जन्म दर्ता भए बमोजिम उनीहरूको बैंक खाता खोली रकम बचतको प्रक्रिया शुरु हुनेछ ।
प्रतिक्रिया