दिल्लीबाट सन्दीपले खेल्ने सम्भावना न्युन

५ बर्ष अगाडि

काठमाडौँ –  इन्डियन प्रिमियर लिग (आईपीएल) को ५० औं खेलमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी चेन्नईको घरेलु मैदान चिन्दरम स्टेडियमा सुरु हुनेछ ।

सन्दीपको सम्भावना न्युन

चेन्नईविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेको सम्भावना न्युन देखिएको छ  । सन्दीपले जारी आईपीएलमा ६ खेलमा ८ विकेट लिएका छन् । पछिल्लो खेलमा सन्दीपले बेंगलोरविरुद्ध ३ ओभरमा ३६ रन खर्चिदै खराव प्रर्दशन गरेका थिए । 

जुन प्रर्दशनको कारण सन्दीपलाई आज टोलीमा स्थान बनाउन कठिन पर्न सक्ने देखिन्छ । दिल्लीले सन्दीपलाई ६ खेलमा मौका दिएको छ । जस मध्य ४ खेलमा आफ्नै घरेलु मैदान फिरोज शाह कोटला रहेको छ ।अर्थात अवे मैदानमा दुई खेलमा मात्र मौका पाएका छन् । 

केहि खेलमा दिल्लीले कोटलामा सन्दीप र अन्य मैदानमा प्राय अफ्रिका अलराउण्डर क्रिस मोरिसलाई मौका दिएको छ । आज सन्दीपको स्थानमा दिल्लीले मोरिसलाई मैदान उतार्न सक्छ ।

चार विदेशी कोटामा कागिसो रबडा दिल्लीको टोलीमा निश्चित छ । त्यस्तै मिडिल अडरका कोलिन इनग्रामको पनि उच्च संभावना देखिन्छ । बेंगलोरविरुद्ध उत्कृष्ट अलराण्डर प्रर्दशन गरेका शेरफेन रदरफोर्डको पनि दिल्लीले विकल्प खोज्ने संभावना देखिदैन । सन्दीप,मोरिस र किमो पल मध्य एकले मौका पाउने छन् । पछिल्ला खेलमा पल र सन्दीपको प्रर्दशन खराव रहँदा मोरिस पहिलो रोजाईमा पर्न सक्छन् ।

अमित मिश्राले बेंगलोरविरुद्ध ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिएपछि सन्दीपको संभावना झनै कमजोर भएको हो । मिश्रालाई दिल्लीले आजको खेलमा पहिलो रोजाईको प्रमुख स्पिनरको रुपमा खेलाउने संभावना उच्च छ । यद्ययी चेन्नईको मैदान स्पिनर उपयोगि हुँदा मिश्रा र सन्दीप दुबैले मौका पाउन सक्छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया