काठमाडाैं- आज देशैभर भारी वर्षाको भइरहेको छ । वर्षाको कारण देशभरनै सवारी आगमनमा प्रभावित भएको प्रहरीले जनाएको छ । मकवनापुर जिल्ला हुदै काठमाण्डौ तर्फ जाने निम्न सडक खण्डहरू अवरोध तथा सुचारू भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कान्तिलोकपथ सडकखण्ड भिमफेदी गा।पा।८ माहादेवटार, प्रतापडाडा र बकैया गा.पा.१२ को आले र को सिमात घुम्तीमा पहिरो खसी बाटो पुर्णरुप अवरोध भएको छ । भिमफेदी गा.पा।.४ रातोमाटे, ईन्द्रसरोबर गा.पा.५ माहालक्ष्मीखोला नजिक, मातातिर्थ, चखेल र देउराली जाने बाटो पहिरो खसी बाटो पुर्णरुपमा अवरोध भएको छ ।
त्यस्तै, त्रिभुवनराजपथ सडकखण्ड, पालुङ हुदै जाने कही कतै अवरोध नभएको प्रहरीको भनाई छ । चित्लाङ चन्द्रागिरी हुदै काठमाण्डौ निस्कने बाटो कही कतै अवरोध छैन । त्यस्तै, ईन्द्रसरोबर गा।पा।२ छेपारे स्थित सिस्नेरी हुदै दक्षिण कालिन निस्कने बाटो ९.१५ बजे सुचारू भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया