निर्माणाधीन भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला

शनिबार, २२ असार २०८१, १२ : ०४

काठमाडौँ - सिन्धुपाल्चोकको  निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । 

गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएा हुन् । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन् । उनीहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक  निरञ्जन भट्टराईले जानकारी दिए ।  उक्त दुर्घटनामा ११ जना घाइते भएका थिए । 

शनिबार, २२ असार २०८१, १२ : ०४

प्रतिक्रिया