काठमाडौँ - नारायणी नदीमा आजदेखि पानीको बहाव बढ्न थालेको छ । त्रिवेणी गण्डक व्यारेजमा आज बिहान ११ बजे गरिएको मापन अनुसार पानीको बहाव एक लाख २९ हजार क्युसेक पुगेको छ ।
नदीको बहाव यो वर्षकै उच्च हो । यस वर्ष पानी धेरै पर्ने भएकाले बाढी र पहिरोको जोखिम बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि नदी तटीय क्षेत्र सुस्ता गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा का गाउँका बासीन्दा त्रसित भएका छन् ।
प्रतिक्रिया