काठमाडौँ - अविरलको वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट सडकखण्डको हुल्म र गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
दहिखोला र गगनेखोलामा ठूलो पहिरो आएका कारणले खुलाउनका लागि केही समय लाग्ने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी विरबहादुर ओलीले जानकारी दिए । अहिले राजमार्गका खुलाउनका लागि मेसिन प्रयोग भइरहेको तर, गगनेखोलामा निरन्तर पहिरो गएका कारणले खुलाउन केही समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
प्रतिक्रिया