काठमाडौँ - नवलपरासीको गैँडाकोट नगरपालिका- २ को नारायणी किनारका २५ वटा घर डुबानमा परेका छन् ।
नारायणी नदीको बाढी बस्तीमा पस्दा बोटेटोल जलमग्न भएको छ । बाढीको कारण २५ वटा घरमा रहेको अन्नपात र लत्ता कपडा भिजेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी बेद बहादुर पौडेलका अनुसार डुबानमा परेको बस्तीका मानिसलाई टोल सुधार समितिको ट्रष्ट भवनमा राखिएको छ ।
प्रतिक्रिया