डुबानमा परेका दाङका २५ जनाको सकुशल उद्धार

शनिबार, २२ असार २०८१, १५ : ३८

काठमाडौँ - अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुबान परेका २५ जनाको सशस्त्र प्रहरीले असार २२ गते सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहायताले उनीहरूको सकुशल उद्धार गरेको हो । सोही स्थानका करिब ५० घरहरू डुबानमा परेका थिए । उक्त घरपरिवारका सामान लगायत पशु चौपायाहरू समेत सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको छ ।

शनिबार, २२ असार २०८१, १५ : ३८

प्रतिक्रिया