प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले विश्वासको मत पाए

शनिबार, २२ असार २०८१, १५ : ५९

काठमाडौं - मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिएका हुन् । मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन् ।

कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा आज १०१ जना प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो । मुख्यमन्त्री सिंहलाई विश्वासको मतको पक्षमा ६७ मत प्राप्त भएको छ । विपक्षमा ३४ प्रदेश सभा सदस्यहरुले मत हालेका छन् ।


 

शनिबार, २२ असार २०८१, १५ : ५९

प्रतिक्रिया