काठमाडौं - लगातारको वर्षापछि ललितपुरको गोदावारी नगरपालिका–१२ ठेचोस्थित नख्खु खोलामा आएको बाढीले टिपर बगाएको छ।
शनिबार बिहान करिब ५ः२० बजे बाढीले रा१ख २६२४ नम्बरको टिपर बगाएको थियो। उक्त टिपर टीकाभैरवतर्फ जाँदै थियो। टिपरका चालक भने सकुशल छन्। बाढीले बगाएर केही तल पुर्याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया