काठमाडौँ - सिराहाको गोलबजार नगरपालिका- ५ निपाने टोल बस्ने ७२ वर्षीय कपिलदेव साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घर नजिक रहेको चापा कलमा जडान गरिएको इलेक्ट्रिक मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वर्धमान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया