पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड खुलाइयो

शनिबार, २२ असार २०८१, १७ : ५९

काठमाडौँ - पहिरोका कारण अवरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरीले खुलाएको छ ।

त्यो सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसेर अवरुद्ध भएको थियो । सशस्त्र प्रहरी बल नेपाल  नं। १५ गण काभ्रेबाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडूवालको कमान्डमा खटिएको टोलीले अवरुद्ध स्थानहरूको पहिरो पन्छाएको हो  । अहिले सो सडकमा यातायात सुचारु भएको छ ।
 

शनिबार, २२ असार २०८१, १७ : ५९

प्रतिक्रिया