रास्वपाको आगामी रणनीति तय गर्न संसदीय दलको बैठक बस्दै

आइतबार, २३ असार २०८१, ०७ : ०५

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आइतबार बस्ने भएको छ। आइतबार बिहान साढे ९ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसदको बाँकी कामकारबाही र विविध विषयमा छलफल हुने उनले बताइन्।

आइतबार, २३ असार २०८१, ०७ : ०५

प्रतिक्रिया