काठमाडाैं- सत्ता राजनीतिकमा उथलपुथल आएपपछ सुस्त रहेको शेयर बजार एका एक जुर्मुराएको छ। यस साता नेप्से सूचक ३.३० ले बढेर २११९.६९ विन्दुमा बन्द भएको छ । गत साता भने नेप्से सूचक २०५१.९२ अंकमा बन्द भएको थियो । बिहीबार ६ अर्ब ४८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।
आउने दिनहरुमा पनि यो क्रमले निरन्तरता पाउँछ कि पाउँदैन त्यो सबैभन्दा चासोको विषय बनेको छ । असार मसान्त नजिकिंदै गरेको समयमा पनि नेप्सेमा सुधारका संकेत देखिनुलाई भने अर्थपूर्णरुपमा हेरिएको छ ।
यद्यपि, अब आइतबारदेखि यसले निरन्तरता पाउँछ कि पाउँदैन त्यो सबैभन्दा महत्वपूर्ण पक्ष हुनेछ । सूचकसँगै दैनिक कारोबार रकमले पनि गति लिंदै गएमा भने त्यसले थप सकारात्मक संकेत देखाउन सक्नेछ । किनभने दिनहुँ कारोबार रकम बढ्दै गयो भने बजारमा क्रेता–बिक्रेताको संख्या बढेको अनुमान गर्न सकिन्छ । लगानीकर्ता उत्साहित भएर उनीहरुको संख्या पनि बढ्दै गयो भने त्यसले समग्रमा सकारात्मक परिणाम ल्याउन सक्नेछ ।
विशेषगरी पछिल्लो भएको राजनीतिक सहमति र २ ठूला दलहरु मिलेर सरकार बनाउने घोषणापछि सेयर बजारका लगानीकर्ताको मनोबल पनि बढेको देखिन्छ । राजनीकि मुद्दासँगै अब आर्थिक विषयले पनि प्राथमिकता पाउनेमा आम लगानीकर्ता आशावादी बनेका छन् । अर्थतन्त्र सुधारका लागि नीतिगत निर्णयहरु हुन सक्ने निजी क्षेत्रको बुझाई छ । यस्तै, वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटिरहेको छ । तर अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । कर्जा प्रवाह सुस्त हुनु भनेको एक हिसाबले आर्थिक गतिविधिमा संकुचन आएको संकेत पनि हो ।
यसर्थ, अब कर्जा प्रवाह बढाउने गरी नीति आउने धेरैको अनुमान छ । यस्तै, आउने दिनहरुमा केन्द्रीय बैंक र अर्थ मन्त्रालयबीच अझै बढी समन्वय हुने र सोही अनुसार वित्त र मौद्रिक नीतिबीच तालमेल हुन सक्ने लगानीकर्ताको बुझाई छ । अर्को असार मसान्त चलिरहेको हुँदा लगानीकर्ताहरुलाई यतिबेलो दबाब पनि छ ।
प्रतिक्रिया