काठमाडौँ - कृषि विकास बैंकले श्री राधाकृष्ण मन्दिर नागार्जुन –१, काठमाडौँलाई रु. १ लाख बराबरको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको छ ।
बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो । फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष श्री नरहरी घिमिरेले गरेका थिए । प्रमुख अथितिको रुपमा कृषि विकास बैंक लि.का उप-महाप्रबन्धक डा. बाबुकाजी थापा थिए । प्रमुख अथिति डा.थापाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको यो सहयोग समाज र बैंकलाई जोड्ने पुल भएको र यसले विविध अनेकतालाई एकताको प्रतिक रुपमा स्थापित गर्ने रं मन्दिर परिसरमा उपस्थित हुने बृद्ध आमा बुबा लगायत भक्तालुजनहरुलाई साहयता पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष श्री नरहरी घिमिरेले कृषि विकास बैंकको सहयोगको सराहना गर्दै खुशीका साथ बैंकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोग अपेक्षा व्यक्त गरे । कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्धय श्री धु्रव पौडेल र श्री प्रकाश अर्याल, शाखा प्रमुख श्री दिपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीहरु लगायत श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया