विश्वकै महंगो कार किने रोनाल्डोले

५ बर्ष अगाडि

काठमाडौं – क्रिस्टियानो रोनाल्डोले विश्वकै सबैभन्दा महंगो कार किनेका छन् ।

उनले बुगाती कम्पनीको बुगाती ला वोइतुर नोइरे कार खरिद गरेको स्पेनिश स्पोट्र्स डेली मार्काले जनाएको हो । 

यो कार २०२१ मा मात्र लन्च गरिने बताइएको छ । बुगाती ला वोइतूर नोइरे २६० माइलप्रति घण्टा कुद्छ । 

डेली मेलको रिपोर्टका अनुसार रोनाल्डोले पहिलोपटक यसैवर्ष जेनेवा मोटर शोमा प्रर्दशन गरिएको यो कार खरिद गर्नको लागि १.१ करोड यूरो खर्च गरेका थिए । खबरका अनुसार यो कार २०२१ मा मात्रै रोनाल्डोले पाउँनेछन् । किनकी यो कम्पनीको नमुनामा अझै केहि भागको अन्तिम रुप दिन बाँकी छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया