चिकित्सा शिक्षाको प्रवेश परीक्षाको आवेदन दिने दुई हजार विद्यार्थीको राष्ट्रिय परिचयपत्र नम्बर गलत

आइतबार, २३ असार २०८१, १३ : ५५

काठमाडौं- हेलचेक्य्राइँका कारण चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षाको आवेदन दिएका दुई हजार विद्यार्थीको राष्ट्रिय परिचयपत्र नम्बर गलत भएको पाइएको छ । प्रमाणीकरण नगरी राष्ट्रिय परिचयपत्र नम्बर वितरण हुँदा यस्तो समस्या आएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार प्रमाणित नगरी राष्ट्रिय परिचयपत्र नम्बर दिन मिल्दैन । त्यसो हुदाँ भोलि भविष्यमा सोही नम्बरको व्यक्ति पर्न सक्छन् । आयोगले गत २८ जेठमा आवेदन खुलाउँदै राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो । तर फाराम भर्ने समय छोटो थियो । त्यसबिचमा आवेदन दिने विद्यार्थीको राष्ट्रिय परिचयपत्र नम्बर जथाभावी राखेको पाइएको विभागका सूचना प्रविधि निर्देशकले बताएका छन् । 

“आवेदन दिएका ११ हजारमध्ये दुई हजार जनाको जथाभावी तरिकाले परिचय पत्र नम्बर राखिएको रहेछ,” उनले भने, “अब सबैको प्रमाणीकरण गरेर सच्याउने छौं ।”

आइतबार, २३ असार २०८१, १३ : ५५

प्रतिक्रिया