ह्याकरहरूले चोरे ९९५ करोड पासवर्ड

आइतबार, २३ असार २०८१, १६ : १९

काठमाडौँ - साइबर सुरक्षामाथिको खतरा दिनप्रतिदिन बढ्दै गइरहेको छ ।  यसैबिच अहिलेसम्मकै सबैभन्दा ठुलो डाटा लिकको खबर बाहिरिएको छ । विश्वभर करिब ९ अर्ब ९५ करोड पासवर्ड लिक भएका छन् । यो अहिलेसम्मकै सबैभन्दा ठुलो पासवर्ड लिक भएको अनुसन्धानकर्ताहरूले बताइरहेका छन् ।

अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार ओबामाकेयर नाम गरेका ह्याकरले ९ अर्ब ९५ करोड वटा पासवर्ड लिक गरेको छ । बिहीबार सार्वजनिक भएको रकियू २०२४ रिपोर्टमा यो जानकारी आएको हो  । विश्वभर एक पटक मात्रै प्रयोग हुने पासवर्ड लिक भएका छन् । लिक भएका पासवर्डमा धेरै जना अभिनेताहरूको विवरण पनि समावेश भएको प्रतिवेदनमा भनिएको छ ।

लिक भए लगइन जानकारी पनि

साइबरन्युजका अनुसार अनलाइन खाताहरूमा अवैधानिक पहुँच बनाएर आक्रमणकारीहरूले ती पासवर्ड प्राप्त गरेका थिए । यसमा धेरै कर्मचारीको डाटा पनि लिक भएको छ । शोधकर्ताका अनुसार कयौँ पुराना पासवर्ड र नयाँ डाटा लिकका आधारमा यी जानकारी बटुलिएको थियो । 

यो मिश्रित डेटा चुहावटको साथमा इमेल ठेगाना र कयौँ लगइन जानकारी पनि बाहिरिएको छ । रकियू २०२४ व्यक्तिको पहिचान चोर्ने र आर्थिक अपराधमा सबैभन्दा बढी जिम्मेवार रहँदै आएको छ । तर रकियू२०२४ कै पासवर्ड लिक भएको भने यो पहिलो पटक भएको बताइएको छ । रिपोर्टका अनुसार यस अघि ह्याकरहरूले एकै पटक ८ अर्ब ४० करोड टेक्स्ट पासवर्ड चोरिएका थिए । तर पछिल्लो चोरी अहिलेसम्मकै सबैभन्दा ठुलो भएको बताइएको छ । एजेन्सी
 

आइतबार, २३ असार २०८१, १६ : १९

प्रतिक्रिया