१ लाख घुससहित शाखा अधिकृत पक्राउ

आइतबार, २३ असार २०८१, १७ : १८

काठमाडौँ -  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा दत्तलाई आइतबार कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । यस्तै उनको साथबाट स्रोत नखुलेको थप पचास हजार रुपैयाँसमेत बरामद गरिएको अख्तियारको भनाइ छ । 

आइतबार, २३ असार २०८१, १७ : १८

प्रतिक्रिया