काठमाडौँ - केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो भन्दा बढी चाँदी बरामद गरेको छ ।
राजधानीको सानो गौचरणस्थित एक अटो वर्कसपभित्र रोकी राखेको अवस्थामा बीआर०६ यू ९०५३ नम्बरको गाडीबाट १४ किलो २५० ग्राम चाँदीका गरगहनाहरू बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । चाँदी ल्याउने कार्यमा संलग्न भारतीय नागरिक अमन कुमार, बिकी कुमार साह र चालक पर्साका श्रवण प्रसाद कानुलाई समेत नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए ।
उनीहरूले अवैध रूपमा गहनाको आकार दिएर चाँदी ल्याउँदै काठमाडौँमा बिक्री वितरण गर्ने गरेको खुलेको छ । तीनै जनालाई आइतबार आवश्यक कारबाहीका लागि चाँदीसहित राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
प्रतिक्रिया