चालु आर्थिक वर्ष सकिन सातादिन बाँकी, पुँजीगत खर्च ५० प्रतिशत मात्र

महालेखा नियन्त्रकको कार्यलयले आइतबार सार्वजनिक गरेको तथ्यांक  अनुसार पुँजीगत तर्फ १ खर्ब ५३ अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ । सरकारले चालुआर्थिक वर्षमा पुँजीगतर्फ ३ खर्ब २ अर्ब रुपैयाँ छुट्याएको छ । जुन चालु पुँजीको तुलनामा खर्च ५०.९८ प्रतिशत मात्र हो ।

सोमबार, २४ असार २०८१, ०६ : ०८

काठमाडाैं- चालु आर्थिक वर्ष सकिन अब सातादिन मात्र रहेको छ। तर, सरकारले राखेको पुँजीगत खर्चको लक्ष्यसम्म पुग्न भने यसपटक पनि सकिने अबस्था देखिएको छैन ।

महालेखा नियन्त्रकको कार्यलयले आइतबार सार्वजनिक गरेको तथ्यांक  अनुसार पुँजीगत तर्फ १ खर्ब ५३ अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ । सरकारले चालुआर्थिक वर्षमा पुँजीगतर्फ ३ खर्ब २ अर्ब रुपैयाँ छुट्याएको छ । जुन चालु पुँजीको तुलनामा खर्च ५०.९८ प्रतिशत मात्र हो । गत आवको खर्चसँग तुलना गर्दा पनि यो वर्षको पुँजीगत खर्च निकै न्यून छ । गत वर्ष असार २१ मा पुँजीगत खर्च एक खर्ब ८० अर्ब हाराहारीमा पुगेको थियो । यस हिसाबले रकमका आधारमा हेर्दा यो वर्ष २९ अर्ब रुपैयाँ खर्च कम भएको छ । गत वर्ष पुँजीगत बजेटमा ३ खर्ब ८० अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । अन्तसम्ममा आउँदा खर्च २ खर्ब ३३ अर्ब ६९ करोड पुगेको थियो, जुन वार्षिक लक्ष्यको ६१।४४ प्रतिशत हो ।

अहिलेको पुँजीगत खर्चको अबस्थालाई हेर्दा वर्ष पुँजीगत बजेट खर्च २ खर्ब रुपैयाँभन्दा माथि  जानसक्ने देखिन्न । गतवर्षको चालु आवमा पुँजीगत बजेट ७८ अर्ब रुपैयाँ कम विनियोजन भएको छ । सरकारले बजेटमा ११ खर्ब ४१ अर्ब रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिएको थियो । असार २३ सम्ममा ९ खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ८०.२२प्रतिशत हो । वर्षका पछिल्ला दिनमा चालु खर्च पनि धेरै हुने गरेको छ । अहिलेको चालु खर्चको अबस्थालाई हेर्दा आगामी सातासम्म करिब लक्ष्यको ८५ प्रतिशतभन्दा माथि पुग्ने अनुमान गर्न सकिन्छ । 

यस्तै, वित्तीय व्यवस्थापनमा राखेको बजेट पनि चालु खर्चको हाराहारीमा खर्चको तथ्यांकमा देखिन्छ। यो वर्ष ३ खर्ब ७ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनका लागि विनियोजन भएको थियो । त्यसमध्ये असार २३ सम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यो कुल लक्ष्यको ७४.२९ प्रतिशत हो ।
 

सोमबार, २४ असार २०८१, ०६ : ०८

प्रतिक्रिया