कञ्चनपुरको अधिकांश ठाउँमा डुवानमा, सातमहिने बालको मृत्यु

सोमबार, २४ असार २०८१, ०८ : ४१

काठमाडाैं- लगातार परेको अति भारी वर्षाका कारण कञ्चनपुरको अधिकांश ठाउँमा डुवानमा परेका छन्। पछिल्लो २४ घन्टामा कञ्चनपुरमा ६२० मिलिमिटर पानी परेको छ। यो हालसम्मकै अत्यधिक वर्षा हो। यस्तै, कञ्चनपुरको हन्माननगरमा ५७० मिलिमिटर वर्षा भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमेश जोशीका अनुसार डुवानमा परेका ४ सय ६६ घरपरिवारका १ हजार ६ सय २२ जनालाई सुरक्षित ठाउँमा सारीएको छ। जिल्लाको दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र पुनर्वासमा भारी वर्षाका कारण डुवानमा परेका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको हो।

उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको छ। भारी बर्षाका कारण अझै बस्तीहरू डुवानमा पर्नेक्रम बढ्दै गएको जनाइएको छ। यस्तै घर डुवानमा परेपछि जिल्लाकै कृष्णपुरका एक बालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका– १ मोतीपुरका ७ महिनाका बालक सोलु धानुकको घरभित्र पानी पसेपछि मृत्यु भएको हो। घरभित्र झुलामा निदाइरहेका उनको पानीका कारण निस्सीएर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

सोमबार, २४ असार २०८१, ०८ : ४१

प्रतिक्रिया