काठमाडौँ - टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डाटा पोइन्ट र ट्रेण्डहरूलाई समेटेर एवम् ग्लोबल कम्युनिटीका लागि सुरक्षित वातावरण निर्माण गर्ने आफ्नो प्लेटफर्मको भावना अनुसार पछिल्लो Q1 2024 कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गरेको छ।
टिकटकले Q1 2024 मा संसारभरबाट आफ्नो प्लेटफर्ममा अपलोड भएका १६,६९,९७,३०७ भिडियोहरू हटाएको छ जुन अपलोड गरिएका भिडियोहरूको लगभग ०.९५ हो। यी मध्येको एक महत्वपूर्ण हिस्सा १२,९३,३५,७९३ भिडियोहरूअटोमेटेड डिटेक्सन प्रविधिहरू मार्फत् पहिचान गरी हटाइएको थियो भने ६०,४२,२८७ भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएका छन्।यसका साथै टिकटकले आफ्नो कम्युनिटी गाइडलाइनहरू उल्लङ्घन गरेको आधारमा पहिलो क्वार्टरमा ९७,६४,७९,९४६ भिडियो कमेन्टहरू पनि हटाएको छ।
यो सङ्ख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टहरूको १.६ ५ हो । त्यस अवधिमा क्रियटरहरूले आफ्ना भिडियोहरूबाट ३,३८,१६,४६,७२२ कमेन्टहरू फिल्टर गर्न वा हटाउनका लागि उनीहरूको एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलहरूको पनि प्रयोग गरेका थिए। उन्नत टेक्नोलोजी र मानवीय निगरानीको फाइदा उठाउँदै टिकटक आफ्नो गाइडलाइन्स विपरीतका कन्टेन्टहरू पहिचान गर्न, रिभिउ गर्न र अड्रेस गर्न प्रतिबद्ध रहन्छ।
कम्युनिटी गाइडलाइन एन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले पूर्ण पारदर्शिताप्रति टिकटकको प्रतिबद्धतालाई चित्रण गर्दै कन्टेन्ट र अकाउन्टका कार्यहरूको मापन र प्रकृतिमा इनसाइटहरू समेत प्रदान गर्दछ। यसबाहेक टिकटकले अनलाइन बाल यौन दुर्व्यवहार र शोषण (CSEA) र बाल यौन दुर्व्यवहार सामाग्री (CSAM) को आदानप्रदान विरुद्ध लड्न आफ्नो प्रयासहरूमा एक नयाँस्ट्यान्ड-अलोन रिपोर्ट पनि लन्च गर्दैछ। यसले प्लेटफर्मलाई बालबालिकालाई हानि गर्न खोज्नेहरूको पहुँचबाट जोगाउने टिकटकको विश्वास छ।
टिकटकको बारेमा
टिकटकछोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो। हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र आनन्दको संचार गर्नु हो। टिकटकको ग्लोबल मुख्यालय लस एन्जलस र सिंगापुरमा छभने यसका कार्यालयहरु न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोलर टोकियो जस्ता विश्वका विभिन्न शहरहरूमा पनि छन्।
प्रतिक्रिया